रिक्सा चालकको दशैं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
चर्को घाममा पसिना चुहाएर काम गरिरहेका यी रिक्सा मजदुरहरु । हाड र छालामात्रै बाँकी रहेका अनि अनुहारसमेत चाउरिसकेका यी वृद्ध यस्तो अवस्थामा पनि रिक्सा ठेल्दै छन् । उमेरले ५६ पुगेका रामेछापका यी वृद्ध आफ्नो परिवार पाल्न यसैगरी रिक्स चलाउदै आएका छन् ।
यिनले रिक्सा चलाउन थालेको लामो समय भइसकेको छ । तर पनि यिनको जीवनमा खासै परिवर्तन भने भएको छैन । यिनले रिक्सा चलाएर नै ६ जनाको परिवार पाल्दै आएका छन् । घरमा ठूलो छोरा २७ वर्ष लागेपनि यिनले अझैपनि रिक्सा ठेल्न छोडेका छैनन्,कारण यिनको काँधमा १४ वर्षका कान्छो छोरोलाई पढाउने जिम्मेवारी छ । पढाएर ठूलो मान्छे बनाउने सपना पालेका यिनले कान्छो छोरोलाई मासिक १ हजार रपैयाँ तिरेर बोर्डिङ स्कूलमा भर्ना गराएका छन् ।
त्यसो त दशैंको खुशी यिनमा पनि छ । त्यसैले शहरमै मजदुरी गर्दै गरेका यिनले आफ्ना परिवारलाई गाउ पठाइसकेका छन् । तर आफू भने अझै केहीदिन कमाएर मात्र परिवारको लागि किनमेल गरेर गाउ जाने तयारी गर्दैछन् ।
काठमाडौंको बसन्तपुरमा भेटिएका यी अर्का रिक्साचालकको कथा पनि अरुको भन्दा फरक छैन । यिनले पनि आफूसहित ७ जनालाई पाल्नुपर्ने बाध्यता छ । गाउ“मा सामान्य खेती किसानीबाहेक यिनको अर्को आम्दानी छैन । त्यसैले आफ्नो दैनिकी चलाउँन यिनले मजदुरी गर्नैपर्छ । लामो समयदेखि मजदुरी गरेपनि यिनले जेनतेन परिवारपाल्नेबाहेक खासै ठूलो प्रगति गर्न सकेका छैनन् । त्यसैले परिवारको आधारभूत आवश्यकता धान्न सक्नु नै यिनले आफ्नो प्रगति ठानेका छन् । अरु सबैलाई दशैं लागिसक्दा यिनलाई भने अझै दशैं लागेको छैन । अरुका लागि दशैं रमाइलो होला,तर यिनको लागि भने दशाजस्तै छ रे । तर आफ्ना लागि नभए पनि बालबच्चाका खुशीका लागि आफू पनि दशैंमा घर जाने योजनामा रहेको यिनी बताउ“छन् ।
दशैं धार्मिक र साँस्कृतिक हिसावले मात्र होइन सामाजिक रुपमा पनि ठूलो चाड हो । त्यसैले यसलाई हर्ष र खुशीयालीको चाड मानिन्छ । तर के दशैं सबैका लागि साँच्चिकै दशैं बन्न सकेका छन् ? छैन भने त्यसको कारण कसले र कहिले खोतल्ने त ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses