स्कुलमा वसेर व्लूफिल्म हेर्दा ...विजय कुमार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

हेर्दै जाँदा शरिरमा काम ज्वरो आयो । सतीसावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे ।
तर यहाँ ! मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलार्इ समेत लाज लाग्ने गरि काले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन् ।
मैले तिन दिन ‘सुकुलमा बसेर हेर्ने फिलिम’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा, औंसीको रात भन्दा पनि कालो हब्सी, पुर्णिमाको चन्द्रभन्दा पनि गोरीसित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।
उज्यालोमा देख्छु त, ए राता मकै , हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहिँ सुकुलमा ! हामीले एकअर्कालार्इ नदेखे झै गर्यौं । दुबैको भलाइ त्यसैमा थियो ।
( भाद्र २७ गतेदेखि बजारमा आउने विजयकुमारको पहिलो पुस्तक ‘खुसी’ का अंश हुन्, जसलार्इ उनले फेसबुक पेजमा राखेका छन् । )
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses