......

परराष्ट्रमन्त्री दसैंपछि जापान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौ, आश्विन १४ - परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे संयुक्त राष्ट्रसंघको ६९औं महासभाबाट फर्केर दसैं सकेलगत्तै साताव्यापी भ्रमणका लागि जापना प्रस्थान गर्ने भएका छन् । उनी अमेरिकाबाट प्रधानमन्त्रीसँगै युरोप हुँदै अष्टमीको दिन बेलुका राजधानी र्फकने छन् भने अष्टमी र दशमी राजधानीमा नै रहेर शनिबार उनी जापान जान लागेका हुन् । जापान समकक्षी फुमिओ किसिदाको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । सार्कको तयारी र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई निमन्त्रणा गर्नेतर्फ नलागी उनी हतारिएर जापान भ्रमणमा जान लागेका हुन् । उनको भ्रमणको विषमा मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो र तर दातृ मुलुक तथा पुरानो मित्र राष्ट्र भनेर उनको भ्रमण पारित भएको एक मन्त्रीले जानकारी दिए । सार्कको निमन्त्रणा गर्न श्रीलंका र माल्दिभ्स गइसकेका उनले अन्य सदस्य मुलुकको भ्रमण गरेका छैनन् । त्यसतर्फ ख्याल नगरी अहिले जापान जान लागेका हुन् । सार्क मंसिर १० र ११ मा हुने हुनाले कम्तीमा पनि एक महिनाअघि यसको निमन्त्रणा औपचारिक रूपमा दिइसक्नुपर्ने हुन्छ, यसमा ध्यान नदिएकोमा परराष्ट्रका एक अधिकारीले आश्चर्य व्यक्त गरे । उनको भ्रमण औपचारिक भए पनि उनी हिरोसिमा विश्वविद्यालयमा भेटघाट गर्न र त्यहाँ रहेका नेपालीहरू भेट्नकै लागि त्यसतर्फ जान लागेका हुन् । तर जापानस्थित नेपाली दूतावासले उनको भ्रमणलाई औपारिक र विशेष बनाइदिएको हो । उनी नेतृत्व टोल्ाीले दुई देशका विदेशमन्त्रीहरू बीचमा हुने दुई पक्षीय छलफलले नेपाल र जापानको सम्बन्धलाई उचाइमा पुर्‍याउने बताइएको छ । तर के विषयमा कुरा हुनेभन्दा परराष्ट्र अधिकारीहरूले भने समग्र विषयमा छलफल हुने बताएका छन् । उनले त्यहाँ रहँदा प्रधानमन्त्री सिन्जो आवेसँग शिष्टाचार भेटवार्ता गर्ने भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले यो भ्रमणको महत्त्व रहेको समेत दाबी गरेको छ । जापान बसाइँको क्रममा उनले हिरोसिमा विश्वविद्यालयको भ्रमण गर्नेछन् भने त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्ने बताइएको छ । विभिन्न दुईपक्षीय विषयमा छलफल गर्ने भनिए पनि छलफल केमा फोकस हुन्छ भन्नेमा दूतावासका अधिकारीले सबै विषयमा हुने बताए । उनी असोज २४ मा स्वदेश र्फकने छन् । त्यसपछि सार्क शिखर सम्मेलनका लागि समय धेरै धैन तर त्यसमा ध्यान दिइएको छैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh