......

दशैं बिदामा पनि बैंकिङ सेवा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
शिव दुवाडी
काठमाडौं
वैंक तथा वित्तीय संस्थाले दशैं बिदाको समयमा पनि आफ्नो सेवा उपलब्ध गराउने भएका छन्। वर्षका सबै दिन सेवा दिने नारासहित खुलेका यस्ता संस्था पर्व बिदाको अवधिमा पनि ग्राहकलाई अत्यावश्यपर्ने सेवा उपलब्ध गराउन तयार भएका हुन्।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंको बिदाको अवधिमा अधिकांश ठूला बैंकले सेवा दिने भएका छन्। यस अवधिमा अन्य सामान्य अवस्थामा जस्तो सबै खालका सेवा नभई उनीहरूले उपभोक्ताका लागि अत्यावश्यकपर्ने सीमित बैंकिङ कारोबार मात्र उपलब्ध गराउने भएका हुन्।
नेपाल बैंकर्स संघका अध्यक्ष एवम् सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूले दशैं बिदाको समयमा आ–आफ्ने तरिकाले सेवा उपलब्ध गराउने बताउनुभयो। यस्ता संस्थाहरूले शुरूमा नै ग्राहकलाई वर्षको ३ सय ६५ दिन नै सेवा दिने प्रतिबद्धता जनाउने हुनाले आ–आफ्नो संस्थाको प्रतिबद्धताअनुसार सेवा उपलब्ध हुने उहाँको भनाइ छ।
विगत वर्षहरूमा ‘क’ वर्गका प्रायः सबै वाणिज्य बैंकले यस्तो सेवा उपलब्ध गराएका थिए। यस पटक पनि विगतमा जसरी नै सेवा उपलब्धभ गराइने स्ट्यान्डर्ड चाटर्ड बैंकका दिवाकर पौड्यालले बताउनुभयो। उहाँका अनुसार उक्त बैंकले दशैं बिदाको सबै दिन ग्राहकलाई निश्चित अवधिभर सेवा उपलब्ध गराउने छ।
पछिल्लो समयमा विभिन्न ३० वटा वाणिज्य बैंक सञ्चालनमा छन्। बैंकिङ सेवामा आएको विविधता र सरलताका कारण उपभोक्ताहरू अहिले जतिबेला आवश्यक पर्यो त्यति नै बेला बैंकबाट पैसा झिकेर काम चलाउने गर्दछन्। बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधिको ईबैंकिङ प्रयोगमा ल्याउन थालेपछि उपभोक्तहरूमा यस्तो प्रवृत्तिको विकास भएको हो।
बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने विभिन्न सेवामध्ये अहिले एटीएम सेवा निकै सहज र प्रभावकारी भएको छ। पैसाको आवश्यकतापर्ने बित्तिकै नजिकको एटीएम मेसिनवाट आफ्नो खाताको रकम झिक्न सकिने भएको र यस्तो गर्दा आवश्यकता पनि टर्ने र चोरी हुने तथा हराउने समस्या पनि नहुने भएकाले यो सेवाप्रति आकर्षण बढेको हो।
पछिल्लो समयमा बैंकिङ सेवा गाउँगाउँसम्म पुग्ने क्रम बढेकाले पनि आम मानिसलाई फाइदा पुगेको छ। पर्व र साँझ विहानको समयमा पनि सेवा पाउन सकिने भएकाले यस्ता सेवाले आमग्राहकको मन जित्नसमेत बल पुर्याएका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh