......

तीन सय वर्षपछि दसैंको नवमी र दशमी एकै दिन परेपछि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं,असोज १४ –

करिब तीन सय वर्षपछि यस वर्ष बडादसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरकफरक हुने भएको छ । नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ भने बौद्धमार्गीहरुले दशमीको दिन सम्राट अशोकले शस्त्रास्त्र त्यागेको दिनको स्मरणमा मोहनी चाड मनाउने गर्छन् । मोहनी चाड अष्टमीबाट तीन दिन लगातार मनाउने परम्परा रहेपनि यस वर्ष नवमी र दशमी एकै दिन असोज १७ गते परेकाले काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर नेवार समुदायले फरक फरक दिन मोहनी चाड मनाउन लागेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति र क्वाःबहाः गुठीले असोज १५,१६ र १७ गते मोहनी चाड मनाउने निर्णय गरेको छ भने काठमाडौंस्थित जनबहारः गुठीले १६,१७ र १८ गते अष्टमी नवमी र दशमी मानेर चाड मनाउने निर्णय गरेको छ । - गोरखापत्र दैनिकमा खबर छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh