लमजुङको भोटेओडार एकै परिवारका ४ जनाको हत्या कसले गर्यो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
लमजुङ, १५ असोज ।
लमजुङको भोटेओडार गाविस वडा नम्बर ४ पिप्लेमा एकै परिवारका चार जनाको शव भेटिएको छ ।
बेंसीशहर–डुम्रे सडक खण्डमा पर्ने भोटेओडारको अकला मन्दिरदेखिनजिकै पिप्लेका ६० बर्षीय अर्जुनप्रसाद रेग्मी, उहाँका धर्म छोरी ३५ बर्षिय रीना घिमिरे, १२ बर्षकोनातीे विकास घिमिरे र १४ बर्षिय नातिनी ज्योति रेग्मी मृत अवस्थामा आज विहान भेटिएका हुन् ।
दशैको समयमा उनीहरुको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा चारै जनाको शव भेटिएको ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक नारायण रञ्जितकारले वताएका छन् ।घटनाको थप अनुन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट विशेष अनुसन्धान टोली पठाएको प्रहरीले जनाएको छ । हत्घया कसले गर्यो भन्ने केही थाहा हुन आएको छैन भने घनाको प्रारम्भिक अनुसन्धानका क्रममा चारैजनाको हत्या हुनसक्ने प्रहरीले अनुमान गरेको समाचारमा जनाईएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses