गाईको वाच्छीलाई करणीको आरोपमा प्रहरी जवान पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं।भदौ ७ –
मानविय धर्म नै भुलेर गाईको वाच्छीलाई करणीको आरोपमा इलामका एक प्रहरी जवान पक्राउ परेका छन् । ड्यूटीमै रहेको वेला सदरमुकामको माईस्थान मन्दिर हाताभित्र रहेको बाच्छीलाई करणी गरेको अऩुमान गर्दै मन्दिरका पुजारी र अन्यले उजुरी दिएका थिए ।
घटनापछि होहल्ला हुँदा भागेको आरोपित प्रहरी जवान राम नरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । घटनाअनुसार साउन ३१ गते शनिबार करिब पौने ८ बजेतिर माईस्थान मन्दिर हाताभित्र बाँधिएको बाछी कराएपछि केही भएछ कि भनेर हेर्नलाई पुजारी खेमप्रसाद काफ्ले गोठमा ओर्लिउर हेरे । त्यहाँ आएर हेर्दा बाछीको दाम्लो किलोमा छोटो बनाएर बाँधिएको पाए । यताउता हेर्दा ती प्रहरी जवान बाछीको पछाडि थिए । आजको समाचारपत्र दैनिकमा खबर छ । -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses