News
»
१८ औं दिनपछि आज चरीको अन्त्यष्टी (फोटो फिचर)
१८ औं दिनपछि आज चरीको अन्त्यष्टी (फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
१८ औं दिनपछि आज चरीको अन्त्यष्टी भएको छ । प्रहरीको गोलीबाट भीमढुंगामा मारिएका एमाले निकट मानिएका गुण्डा नाइके दिनेश अधिकारी ‘
चरी’
को शब आज शनिबार त्रि.वि. शिक्षण अस्पतालबाट परिवारले बुझेको छ । चरीका आफन्तहरुले मुठभेढमा नभई प्रहरीले नै गैरन्यायीक हत्या गरेको भन्दै आज पनि त्रि.वि मा नाराबाजी गरिरहेका थिए । चरी मारिएको १७ औं दिनसम्म पनि उनको शब परिवारले बुझ्न मानेका थिएनन् भने आज १८ औं दिनको दिन परिवारले बुझेका छन् । चरीको शव बुझ्नका लागि एमालेका सभासद् राजेन्द्र पाण्डे,
चरीका दाजु धुव्र अधिकारी लगायत चरीका आफन्तहरुको भीड निकै नै बाक्लो थियो । सम्मानको साथ चरीको तस्बिर बोकेर आर्यबाट तिर बाइकमा राखेर जाने उनका साथीहरुको लाइन पनि त्यतिकै बाक्लो छ । शव पशुपति लिएर जानको लागि प्रहरी सुरक्षा डिएसपीको कमान्डमा पनि खटिएका छन् । चरीको विदाईमा निकै भिड वढेको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses