......

टुँडिखेलमा नेपाली झण्डाले विश्व रेकर्ड तोड्दै,
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
भदौ-७, काठमाडौँ । 
 आज काठमाडौँको टुँडिखेलमा  नौलो कार्य हुदैछ ,  सो कार्यक्रमको आयोजना देखेर सवै  अचम्मित परेका छन् । अचम्मको कुरा के भने आज ३५ हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम गराइने भएको छ ।
 ‘नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँभन्ने भावनालाई स्थापित गराउन ३५ हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम तयारी भएको हो । ह्युमन भ्यालुज फर पिस एन्ड प्रोस्पेरिटीले ३५ हजार ९०७ मानिस उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाउन लागिएको जनाएको छ ।
 यसअघि यो कीर्तिमान पाकिस्तानको नाममा छ । पाकिस्तानले यसअघि १५ फेब्रुअरी सन् २०१४ मा २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड बनाएको थियो । नेपालको झण्डा जस्तो र जुन जुन रङ्गको छ त्यही रङ्गमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गर्ने छन् ।
 झण्डा निर्माणका लागि प्रत्येक सहभागीले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको कागज बोक्ने छन् । प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौँ इन्जिनियरिङ क्याम्पसका विद्यार्थी गरेको छन् । सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको थियो ।
 यो कुराको विश्व रेकर्डका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ । काकार्यक्रममा सहभागीहरुले १०० रुपयाँ शुल्क बुझाउनु पर्ने नियम राखिएको छ । जसमा आवश्यक रकम खर्च गरेर बाँकी रहेको रकम बाढीपीडितका लागि प्रदान गर्ने आयोजकहरुले जनाएका छन् ।
 आयोजक संस्थाका अध्यक्ष भावेश खनालले शान्ति र समृद्धिका लागि यसो गर्न लागिएको जानकारी दिएका हुन् । नेपालले आज यो विश्व रेकर्डलाई तोड्दै नयाँ कृतिमानी बनाउनेछ । कार्यक्रम शनिवार बिहान काठमाडौँ स्थित सैनिक मञ्च टुँडिखेलमा आयोजना हुदैछ । 
साझा सवालवाट साभार गरिएको 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh