गुन्डागर्दी निर्मुल पार्ने काठमाडौं प्रहरीको यस्तो योजना (भिडियो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
सुरक्षा योजना सार्वजनिक गर्न आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा थापाले थ्रि एस योजनामा स्वीप, स्क्रेनिङ र सुट आउट रहेको जानकारी दिए । सो योजना अन्तर्गत पहिलो चरणमा गुन्डागर्दी बर्ढाने, दोस्रो चरणमा संझाउने अनि मानेन भने तेस्रो चरणमा सुट आउट गर्ने रणनीति रहेको एसएसपी थापाले जानकारी दिए।
राजनीतिक दबाबलाई अस्वीकार गर्ने दावी गरेका उनले संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ ल्याएको जानकारी दिए । ब्रोकन उडन्डोज थेउरी पोलिसिङ अन्तर्गत अपराध र अपराधिको कोपिला नै निमोठ्ने बताएका थापाले भने, ‘गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन, कसैकोमा छ भने च्यातेर फालिदिन्छु।’लागू औषध दुब्र्यसनीको मुख्य जड सुर्ती र सुर्तीजन्य पदार्थ भएको भन्दै उनले पहिलो चरणमा अव प्रहरीले काउन्सेलिङ गर्ने बताए। त्यसपछि पनि नमाने कानुनी दायरामा ल्याउने उनको योजना छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses