Live अपडेट : राष्ट्रपतिद्वारा नयाँ संविधान जारी भएको घोषणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
राष्ट्रपतिले नेपालको नयाँ संविधान जारी भएको घोषणा गरेका छन्
ऐतिहासिक अबसरमा सम्पूर्ण नेपालीलाई बधाइ तथा शुभकामना दिएका छन् राष्ट्रपतिले
जनताको चाहनाले आज मूर्त रुप लिएको छ । त्यस अबसरमा लोकतान्त्रिक आन्दोलनका सहिद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गदर्छु
यससँगै गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको श्रोत जनता हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।
संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधार संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन् ।
संविधान घोषणासँगै देश दिगो शान्त र स्थायित्व र न्यायापूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।
नयाँ संविधानले सबै क्षेत्र र समुदायको जनताको आकांक्षा, पहिचानलाई समान ढंगले संरक्षण र प्रदर्धन गर्नेछ । विविधिताको बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानातालाई अन्त्य गर्ने मौका यो संविधानले प्रदान गर्नेछ ।
पारस्परिक एकताका साथ संविधानमा भएका जनताका अधिकार, उपलब्धी र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन गर्न आहृवान गर्छु ।
संविधान गतिशिल दस्तावेज हो । यसको सफल प्रयोग गर्दै सम्बृद्धि हासिल गर्न आग्रह गर्छु । जनताका प्रतिनिधिद्धारा संविधानसभाबाट पारित यो संविधान भौगोलिक अखण्डता र स्वाधिनता र जनतामा निहित सर्वभौमसत्ताको संरक्षण गर्ने साझा दस्तावेज हो ।
संविधानसभाका सदस्यहरुलाई अध्यक्षमार्फत धन्यवाद दिन्छु । यो संविधान र परिवर्तित सभाले देशको एकताको कडी मजवुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद
००००
संविधानसभा बैठकले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । संविधान अध्यक्षले बैठक अवधिभर भए गरेका कामकारबाहीको जानकारी गराएका छन् । अहिलेसम्म ६०७ दिन चल्यो । १३० दिन १३५ दिन बैठक बसेको छ ।
अधिकांश काम सम्वाद समिति सहितका समितिहरुबाट सम्पन्न भएको सभाध्यक्षले जानकारी गराएका छन् ।
००००
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान जति राम्रो भएपनि कार्यान्वयन महत्वपूर्ण भएको बताए । उनले कार्यान्वयनमा इमान्दार हुन नेताहरूलार्इ अनुरोध गरे । लोकतान्त्रिक वातावरणमा संविधान बनेको उनले बताए ।
००००
राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेका छन् । उनले पाँचप्रति संविधानमा हस्ताक्षर गरेका छन् ।
संविधानसभा बैठक सुरु भएको छ । सभाध्यक्षले राष्ट्रपतिसमक्ष संविधान हस्तान्तरण गरेका छन् ।
०००००
अहिले संविधानसभा भवनमा राष्ट्रपतिलाई २१ तोपको सलामी दिने क्रम सुरु भएको छ ।
राष्ट्रपति डा. रामवरण यादव संविधानसभा भवनको हलभित्र प्रवेश गरेका छन् ।
अब राष्ट्रगान बजेको छ ।
००००
भिडियो हेर्नुस्
संविधान घोषणाका लागि ५ बजेको समय तय भएको छ । तर, राष्टपति शीतल निवासबाट बानेश्वर पुग्दा केही ढिलो हुने बताइएको छ ।
शीर्ष नेताहरुमा सबैभन्दा पहिले एमाओवादी अध्यक्ष प्रचण्ड पुगेका छन् । उनी केहीबेर अघि संविधानसभा भवन पुगिसकेका छन् ।
धेरै सभासदहरु संविधानसभा भवन पुगिसकेका छन् । केही सभासद जातीय भेषभुषामा सजिएर गएका छन् भने धेरै औपचारिक पोसाकमा छन् । संविधानसभाबाट नयाँ संविधान बनाउन सफल भएकोमा सभासदहरुको अनुहारमा एक प्रकारको खुसी छ ।
संविधानसभा भवनभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित सेना समेत खटिएको छ ।
संविधान घोषणाको ऐतिहासिक समारोहका सहभागी हुन एनआरएनए अध्यक्ष शेष घले पनि संविधानसभा भवन पुगेका छन् ।
संविधानसभा भवन परिसरको माहोल निकै रामाइलो छ । भवन परिसरलाई दुलही झै सिंगारिएको छ । नयाँ संविधान घोषणाका लागि राष्टपति डा. रामवरण यादव बग्गीमा चढेर संविधानसभा भवनमा पुग्ने छन् । उनलाई नेपाली सेनाले ३१ तोपको सलामी दिनेछन् ।
y
प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली पनि संविधानसभा भवन पुगिसकेका छन् । अब राष्ट्रपतिको प्रतिक्षा भइरहेको छ ।
संविधानसभामा अधिकांश कूटनीतिज्ञ पुगिसकेका छन् । भारतीय राजदूत रन्जित रे पनि पुगेका छन् ।
राष्ट्रपतिको कार्गेडका लागि बानेश्वरसम्मको सडक खाली गरिएको छ । राष्ट्रपति बबरमहलबाट रिसल्ला घोढचढी अगाडि पछाडि लगाएर बानेश्वरस्थित संविधानसभा भवनमा प्रवेश गर्नेछन् ।
बबरमहल क्षेत्रमा पुगेपछि राष्ट्रपति डा. रामवरण यादवले गाडीबाट हात हल्लाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses