तेक्वान्दोमा हारबाट सुरुआत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
पदकको आशा गरिएको तेक्वान्दोले पनि मंगलबार हारबाटै आफ्नो यात्रा थालेको छ । महिला ४९ केजीमुनि यानकुमारी चौलागाईं मलेसियाली नुर दिया लियाना बिन्ती सहारुद्दिनसँग ७-२ ले पराजित भइन् । पहिलो राउन्डमा राम्रो प्रदर्शन गरेकी यानकुमारी दोस्रोमा ६-१ ले पछि परिन् । तेस्रोमा दुवैले १-१ अंक जोडेपनि त्यो यानकुमारीलाई अन्तिम ८ मा लैजान पर्याप्त भएन ।
उनले प्राप्त गरेको दुवै अंक पेनाल्टीबाट आएको थियो । त्यस्तै, पुरुष ७४ केजीमुनि सक्षम कार्कीले सहभागिता नजनाएपछि लेबननका माइकल समाह विजयी घोषित भए । प्रशिक्षणका क्रममा इन्चनमै घाइते भएका उनको हाल उपचार भइरहेको छ ।
गाङहा जिम्न्याजियममा मंगलबार भएको तेक्वान्दोको अन्तिम भिडन्तमा निमा गुरुङ चाइनिज ताइपेईकी युन वेन हुवाङसँग सजिलै पराजित भइन् । एकतर्फी रहेको खेलमा निमा १२-० ले पराजित भइन् । पहिलो राउन्डमा विपक्षीलाई मात्रै १ अंक दिएकी उनले दोस्रोमा १० र तेस्रोमा थप १ अंक सुम्पेकी थिइन् ।
टेबल टेनिस
टेबल टेनिसको पुरुष डबल्समा सोमबार मंगोलियालाई हराएर सनसनी मच्चाएको अमरलाल मल्ल र पुरुषोत्तम बज्राचार्यको जोडी भारतीय जोडीसँग ३-१ ले पराजित भयो । पहिलो सेट ११-६ ले आफ्नो पक्षमा पारेका अमरलाल र पुरुषोत्तमले दोस्रो ११-५ ले विपक्षीलाई सुम्पिए । तेस्रो सेट पनि ८-११ ले हारेपछि नेपालको सम्भावना क्षीण बन्न पुग्यो ।
चौथो सेटमा नेपाल जितको नजिक १० -९ को स्कोरसम्म पुग्यो तर, १० -१२ ले नतिजा भारतीय पक्षले जितेपछि आशा समाप्त भएको थियो । टेबल टेनिसकै पुरुष डबल्सको राउन्ड ३२ मा बलियो प्रतिद्वन्द्वी चीनसाग ३-० ले हार्यो । नेपाल नम्बर १ शिवसुन्दर गोथे र अजय सुवालको जोडीले तीनै सेट ११-३ को नतिजामा विपक्षीलाई सुम्पेको थियो ।
साइक्लिङ
योनझोङ बेगनसान माउन्टेनबाइक कोर्समा भएको मेन्स क्रसकन्ट्रीमा नेपाली साइक्लिस्टले सबै ल्याप पूरा गर्न सकेनन् । २० खेलाडी सहभागी प्रतिस्पर्धामा १६ औं हुने क्रममा नारायणगोपाल महर्जनले २ ल्याप बााकी हुादै रेस छोडे । त्यस्तै, अजय पण्डित क्षेत्रीले ४ ल्याप अगाडि नै रेस छोडेपछि २० औं स्थान भेट्टाए । साइकलको चेनमा खराबी आएकाले रेस पूरा गर्न नपाएको नारायणगोपालले प्रतिक्रिया दिए ।
सफ्ट टेनिस

मनोज सुब्बाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । पहिलो खेल जापानका प्रतिद्वन्द्वी कस्तुरा टाकुयालाई ४-० को सोझो सेटमा बुझाए । अर्को खेलमा उनले ताजकिस्तानका नेग्मातुल्लो राजाबलिएभलाई ४-० ले हराए । पहिलो सेट ४-० ले जितेका उनले दोस्रोमा पनि उत्कृष्ट लय समात्दै ४-२ को जित निकाले ।
तेस्रोमा पनि उनी डगमगाएनन् । सो सेट ५-३ ले आफ्नो पक्षमा पारेपछि उनी जित नजिक पुगे । प्रतिस्पर्धात्मक रहेको चौथो सेट पनि ४-२ ले जितेपछि उनले स्पर्धा ४-० ले आफ्नो पक्षमा पारे । महिला एकलमा भने निरू कायस्थले आशालाग्दो प्रदर्शन गरिन् । भियतनामकी नान ट्रान थान हाङसाग भएको स्पर्धामा उनी ४-२ ले पछारिइन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses