'समयमै संविधान बनाउन दसैँको शुभकामना'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
पहिलो संविधानसभा गठन भएपछिका सबै दसैँमा राष्ट्रप्रमुख देखि प्रधानमन्त्री, सभामुख लगायत दलका नेताहरुले संविधान बनाउने विषयलाई जोड दिएर एउटै खालको सन्देश दिँदै आएका छन् र यसपालि पनि शैली फेरिएन।
राष्ट्रपति रामवरण यादवले शुभकामना सन्देश दिँदै दलहरुले समयमै संविधान बनाउन सक्षम हुने र नेपाली जनताले निराश हुनु नपर्ने आफ्नो आशा रहेको बताएका छन्।
त्यसका लागि दलहरुको आपसी सहमति र सहकार्य आवश्यक रहेको राष्ट्रपतिले बताइरहँदा प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन आफूहरु मन बचन र कर्मले समर्पित रहेको बताएका छन्।
दृढता
समयलाई सदुपयोग गरेर १९, २० र २१ गते बसेर काम सक्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ, त्यो प्रतिवद्धता पूरा गर्न यो दसैँले दृढता देओस् भन्ने कामना गर्छु
सुवास चन्द्र नेम्वाङ, अध्यक्ष, संविधानसभा

बीबीसीसँग कुरा गर्दै नेम्वाङले भने, "दलका नेताहरुले संवाद समितिमा क्रियाशिल रहेर २१ गतेसम्म सहमति गरेर प्रतिवेदन बुझाउन सक्नुहुनेछ। त्यो समयलाई सदुपयोग गरेर १९, २० र २१ गते बसेर काम सक्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ, त्यो प्रतिवद्धता पूरा गर्न यो दसैँले दृढता देओस् भन्ने कामना गर्छु। "
यसपटकको दसैँमा घर नगइ संविधानमै केन्द्रीत हुन सभासदहरुलाई आग्रह गरेका नेम्वाङले राजनीतिक दललाई सकारात्मक दबाब दिन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएका छन्।
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले पनि समयभित्रै देशमा संविधान निर्माण र समृद्धी स्थापना गर्न दसैँबाट प्रेरणा मिल्ने कामना गरेका छन्।
तर, सहमतिको नाममा समय थप्दै गए पनि क्रियाशिलता त्यो अनुसार नदेखिएको भन्दै कतिपयले असन्तुष्टी जनाउँदै आएका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses