......

राष्ट्रपतिबाट टीका र जमरा प्रदान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
विजया दशमीको उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई टीका र जमरा प्रदान गर्नुभयो । त्यसै गरी प्रधानमन्त्री सुशील कोइरालाले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समरोहमा राष्ट्रपति डा यादवको हातबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरूले टीका र जमरा लगाउनुभयो ।

राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाउन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्मको समय प्रदान गरिएको छ । राष्ट्रपति निवासमा अहिले टीका लगाउन जाने सर्वसाधारणको ठूलो घुइँचो रहेको छ

- See more at: http://www.nepaljapan.com/2014/10/03/133902/#sthash.0qiR6X1x.dpuf
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh