News
»
नन्दप्रसाद अधिकारीले सरकारसँग दुई अर्ब रुपैयाँ माग गरेको दावी-- गृह मन्त्री
नन्दप्रसाद अधिकारीले सरकारसँग दुई अर्ब रुपैयाँ माग गरेको दावी-- गृह मन्त्री
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं,असोज १३ –
अनशनको क्रममा केही दिन अघि मृत्यु भएका नन्द प्रसाद अधिकारीले अनशन तोड्नको लागि दुई अर्व मागेको विषय अहिले चर्चामा आएको छ ।

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले उनको मृत्यु हनुअघि अनशन तोड्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनशन तोडाउने प्रयास गर्दा सरकारले दुई अर्ब क्षतिपुर्ति दिएमात्र अनशन तोड्ने बताएको दाबी गरेका हुन् । गौतमले उनको मृत्युको एक सातापछि यस्तो दाबी गरेका हुन् । ‘यो सरकारले धान्न सक्ने रकम थिएन । दुई अर्ब दिन नसकेकै कारण नन्दप्रसादको ज्यान गयो,’ उनले भने,‘सरकारले निरन्तर न्याय दिलाउने प्रयास गर्दा पनि उहाँहरुले अटेर गरेर अनशन बसिरहेकाले यत्रो दुखद घटना हुनपुग्यो ।’ उनले गंगामायाको जीवन रक्षाका लागि प्रयास गरिरहेको जानकारी दिए । गृहमन्त्री गौतमले संसदीय समितिलाई यस घटनाबारे बिस्तृत जानकारी गराएका थिए ।आजको कान्तिपुर दैनिकमा खबर छ । -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses