इजरायली धर्मगुरुलाई थुनामुक्त गर्न अमेरिकावाट प्रधानमंत्रीको निर्देशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन् ।आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले अमेरिका भ्रमणमै रहेका वेला कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम मिचेर धर्मगुरुलाई शुक्रबार रिहा गरेको छ ।अदालतमा म्याद थप गरी थुनामा राखेको व्यक्तिलाई मुद्दा दायरपछि अदालतको आदेशपछि मात्र छाड्न सकिनेमा विभागले कूटनीतिक कारण देखाउँदै छोडेको हो । अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिक सम्बन्धलाई ख्यालमा राखी धर्मगुरुलाई थुनामुक्त गरिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses