News
»
क्वाटर्मै पुगेर गृहमन्त्रिसंग किन कराए महिलाहरू ?
क्वाटर्मै पुगेर गृहमन्त्रिसंग किन कराए महिलाहरू ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं–चर्चित डन दिनेश अधिकारी ‘चरी’को मृत्यु भएको दशौं दिन पोष्टमार्टम भैसक्यो । चिरफारले प्रहरी दाबीलाई नै बलियो बनाएको छ । तर बालुबाटारमा एआइजी र सचिवहरुको बढुवा सम्बन्धी निर्णय भएको दिन अर्थात बिहिबार राति ९ बजे गृहमन्त्रीले चरी पक्षधरहरुको आफ्नै निवासमा सामना गर्नुपर्यो ।

एमालेकै महिला तथा विद्यार्थी नेतृहरु नवीना लामा,कमला रोक्का लगायतको टोली वामवेदबसँग कराउन त्यहाँ पुगेको हो । उनीहरुले सुरुमै आफ्नो बुझाई पस्किए–चरीलाई अन्तै मारी त्यहाँ लगेर फालिएको हो । तपाईँले यस्तो काममा पुलिसको बचाउ गर्नै नहुने । सेल्फ डिफेन्समा मारिएका हुन् भनेको भए ठिकै हुन्थ्यो । तर इन्काउन्टरको व्यवस्था त कानूनमै छैन ।’ उनीहरुले थप स्पष्ट पारे,‘सेल्फ डिफेन्स र इन्काउन्टर फरकफरक कुरा हो । प्रहरीलाई किन जथाभावी बोल्न दिएको ? कानूनमै नभएको कुरा इन्काउन्टर बोल्न
पाइन्छ ? ’बामदेबले आफ्नो अडान दोहोर्याए,‘उ हतियार बोकेर अपराध बोक्न जाँदै थियो । पुलिसले जे गर्यो त्यो अपराध रोक्न गरको हो ।’ तर महिलाको समुह गृहमन्त्रीलाई अठ्याउने सुरमा थियो । सोही अनुरुप प्रश्न तेर्साइयो,‘पछाडिबाट हानेको भए छातीमा कसरी गोली लाग्यो ? अब गणेश लामालाई चाहिँ के गर्ने ? सक्नुहुन्छ ठोक्न ? के चरी एउटालाई मारेर सबै अपराध रोकिन्छ ? बामदेब नै गृहमन्त्री हुँदा मात्र किन यस्तो हुन्छ ? भन्ने प्रश्न पनि तिनले उठाए । आजको जनआस्था साप्ताहिकमा खबर छ । -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses