युद्दविरामको उलंघन गर्दै गाजाद्वारा पुन इजरायलमाथि रकेट आक्रमण शुरु, शान्ति वार्ता भंग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
गाजापट्टीवाट इजरायलमाथि पुन रकेट हमाला शुरु भएको छ । इजरायल र हमासविच गत हप्ता वुधवारबाट शुरुभएको ५ दिने अस्थायी युद्दविराम सकिए लगत्तै सोमवार मध्यराती पुन १ दिनको अवधी लम्वाइएको अस्थायी युद्दविरामको समय सकिनु अगावै युद्दविरामको उलंघन गर्दै हमासले गाजापट्टीवाट रकेट आक्रमण शुरु गरेको बताइएको छ । यससँगै कायरोमा वार्तामा रहेका इजरायली सरकारी अधिकारीहरुले हमास र इजरायलविच जारी वार्ता भंग भएको बताएका छन् ।
इजरायलका दक्षिणी क्षेत्रहरुमा रकेट प्रहार गरिएका छन् भने विभिन्न ठाउँहरुमा कोड रेड साइरन बजेका छन् । त्यस्तै आस्केलनस्थित एउटा सपिङ मलमा क्षेप्यास्त्रले सिधै आक्रमण गरेको छ । आक्रमणबाट केही क्षति भएपनि कोही पनि घाइते नभएको बताइएको छ ।
त्यस्तै इजरायलको जेरुशलेम र वेतशेमेसमा पनि रकेट प्रहार भएको छ । इजरायलको मध्य भाग र तेलअभिव क्षेत्रमा M-75 फजर 5 रकेट फायर भएको छ ।
यस सँगै इजरायल सरकार अन्तरगतको होम फ्रऩ्ट कमाण्डले तेलअभिव लगायत गाजा सिमानादेखि ८० किलोमिटर वरपरका क्षेत्रहरुमा रहेका सार्वजनिक वंकरहरु खुल्ला गर्न निर्देशन दिएको छ ।

त्यस्तै इजरायली सेनाले आफूहरु नयाँ ढंगवाट प्रत्याक्रमणको लागि तैनाथ रहेको बताउदै हमालाबाटै गाजापट्टीमा रकेट आक्रमणको प्रतिक्रियामा दिएको बताएको छ ।
त्यस्तै सुरक्षी मन्त्रीमण्डलका मन्त्रीले मंगलवार हिजोसम्म सहमतीको नजिक पुगेको अनुभुति गरेको बताउदै भने - "हामीलाई हिजोसम्म सहमतिमा पुगिसकेको अनूुभुति भएको थियो, लगभग सबैकुरा मिलिसकेको थियो, तर पछि हमासले लचकता नअपनाउने निर्णय गर्यो ।" उनले भने "रकेट आक्रमणको जवाफमा आवश्यकिय प्रतिक्रियाकोलागि मन्त्री परिषदमा आम सहमति छ तर तुरुन्त निर्णय गरिने सम्भावना भने सायद छैन ।"
यसैविच अमेरिकी विदेश विभागका प्रवक्ता म्यारी हार्फले अमेरिकाले युद्दविराम भंग गर्नमा हमास जिम्मेवार रहेको बताएका छन् । उनले इजरायललाई आफ्नो प्रतिरक्षा गर्ने पुर्ण अधिकार रहेको बताएका छन् ।
यता हमासका प्रवक्ता समी अवु जुहारीले आफूहरु सहमती गर्न इच्छुक रहेपनि शान्ति वार्तामा कुनै प्रगति नभएको बताउदै प्यालेस्टेनी दूतलाई दवाव दिनु नै इजरायली आक्रमणको मतलव भएको बताएका छन् ।
इजरायली हवाई सेनाले गाजापट्टीमा गरेको कारवाहीको क्रममा मंगलवार ८ प्यालेस्टेनी घाइते भएको गाजा स्रोतले बताएको छ ।
इजरायली सेनाले गत जुलाई ८ मंगलवारदेखि हमासविरुद्द गाजापट्टीमा शुरु गरेको अप्रेसन प्रोटेक्टिभ एज शुरुभएदेखि हालसम्ममा २ हजार १६ जना प्यालेस्टेनी मारिएको प्यालेस्टाइनको स्वास्थ्य विभाग परिक्षेत्रले बताएको छ । मन्त्रालयका अनुसार मारिएकाहरु मध्ये ५४१ जना वालवच्चा, २५० जना महिलाहरु रहेका छन् । यो रकेर्ड ६ दिने युद्द विरामको दौरान पुष्टि गरिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses