......

प्रधानमन्त्री राहत कोषलाई नेपाल टेलिकमले किन दियो दुई करोड सहयोग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँ, ६ भदौ ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आज नेपाल टेलिकमले रु दुई करोड सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित एक समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार सचिव सुनिलबहादुर मल्लले रु दुई करोडको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल र नेपाल टेलिकमका सञ्चालक समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल टेलिकमका कामु कार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्यले दिनुभएको जानकारीअनुसार नेपाल टेलिकमका कर्मचारीका तर्फबाट करिब रु ३५ लाख, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट करिब रु २५ हजार र बाँकी टेलिकमको कोषबाट सो रकम सङ््कलन गरी प्रदान गरिएको हो ।

सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनःस्थापनामा सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।

उहाँले आवश्यक पर्दा नेपालीहरु तन, मन र धन सबै कुराले सहयोग गर्न सक्दछन् भन्ने सिद्ध भएको बताउनुभयो । उहाँले सबैको सहयोगले प्राकृतिक प्रकोप पीडितहरुलाई राहत र पुनःस्थापना गर्ने चुनौतीपूर्ण कार्य सहजताका साथ सम्पन्न गर्न सरकारलाई सहयोग मिल्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले यस प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन राजनीतिक दलहरुमा उच्चस्तरको समझदारी कायम भएर प्रधानमन्त्रीको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागितामा उच्चस्तरीय समिति बनेको र विगतदेखि कायम रहँदै आएका समितिहरुले पनि प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभएको थियो ।



भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh