यस वर्षको तीजमा सम्मानित हुने महिलाहरू को को हुन् त ? हेरौ ..
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अनिल यादव, काठमाण्डौ, भदौ ०६–
नेपाली महिलाहरुको महान चाँड हरितालिका तिजको अवसर पारेर लायन्स क्लव अफ काठमाण्डौ डायमन्डले विभिन्न क्षेत्रका ९ जना महिलालाई ‘नारी सम्मान–२०७१’ बाट आज सम्मान गरेको छ ।
साहित्य, चलचित्र, संचार, स्वास्थ्य, शिक्षा, कलाश्रृंगार, खेलकूद, समाजसेवा र संगीतको माध्यमबाट समाजमा योगदान पु¥याउने ९ महिलालाई राजधानीमा एक कार्यक्रमका विच आज सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा चलचित्रका तर्फबाट अभिनेत्री करिष्मा मानन्धर, संगीतका तर्फबाट गायिका देविका बन्दना, शिक्षाका तर्फबाट शिक्षासेवी दीपिका रिमाल थापा, संचारका तर्फबाट संचारकर्मी अनिता विन्दु, समाजसेवाका तर्फबाट समाजसेवी दुर्गा घिमिरे, साहित्यका तर्फबाट साहित्यकार मोमिला जोशी, कलाश्रृंगारका तर्फबाट मेकअप आर्टिस्ट रुवी राणा, स्वास्थ्यका तर्फबाट डा. चन्दा कार्की र खेलकूदका तर्फबाट तेक्वान्दो खेलाडी संगीना वैद्य रहेका छ । सम्मानितहरुलाई वाणिज्य तथा आपुर्ती मन्त्री सुनिल बहादुर थापाले सम्मान गर्नुभएको थियो ।
सम्मानित भएपछि सम्मानित सबैको तर्फबाट बोल्दै समाजसेवी दुर्गा घिमिरेले भनिन्– ‘यो सम्मान ९ जना महिलाको मात्र होइन्, देशभरीका महिलाको सम्मान हो । किनभने यसले समाजका सबै क्षेत्रका महिलाहरुको कामलाई सम्मान गरेको छ । ’

कार्यक्रममा प्रमुख अतिथी वाणिज्य तथा आपुर्ती मन्त्री थापाले लायन्स क्लवले प्रदान गरेको नारी सम्मानको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए । लायन्स अन्तराष्ट्रिय ३२५ ए२ नेपालका काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुगेंल, लायन मधुकर कुमार उपाध्याय, लायन्स क्लब अफ काठमाण्डू डायमन्डका अध्यक्ष गोपालप्रसाद पौड्याल लगायतले पनि कार्यक्रममा बोलेका थिए ।
कार्यक्रमलाई नारी सम्मान–२०७१ का संयोजक प्रदीप कुमार उदयले संचालन गरेका थिए ।
को हुन् त सम्मानित व्यत्तित्वहरु ?
करिष्मा मानन्धर, अभिनेत्री
यो त नेपालीहरु मझ एक परिचित नाम नै हो । नेपाली चलचित्र उद्योगमा सुन्दर, सौभ्य एवं सदाबहार नायिकाको रुपमा करिष्मालाई चिनिन्छ । २५ वर्षअघी नेपाली चलचित्र क्षेत्रमा कार्यरत अभिनेत्री करिष्माले सय बढी चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । चलचित्र कर्मलाई आत्मसात गर्दै लामोसमय सम्म क्रियाशील हुने थोरै अभिनेत्री मध्येमा उनी पर्छिन् । अभिनयको माध्यमबाट देशको कला संस्कृतिको सम्बद्र्धन र विकासमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई नारी सम्मान २०७१ बाट सम्मानित गरिएको कार्यक्रममा बताइयो ।
देविका बन्दना, गायिका

दीपिका रिमाल थापा, शिक्षासेवी
शैक्षिक क्षेत्रको परिचित नाम हो दीपिका रिमाल थापा । दिपिकाले शिक्षा आर्जनदेखि शिक्षा प्रदान गर्नसम्मा ठुलो भुमिका निभाएकी छिन् । विभिन्न विषयमा डिग्री हासिल गरिसकेकी दिपिकाले नेपाली, अंग्रेजी, हिन्दी, बंगाली एवं नेवारी (नेपाली भाषा) मा ज्ञान राख्छिन् । २०४१ सालदेखि शैक्षिक सेवा दिन शुरु गरेकी दीपिकाले विभिन्न एजुकेशन अवार्डहरु पनि पाइसकेकी छिन् । हाल दीपिका सिद्धार्थ विद्यापिड सेकेन्डरी बोर्डिङ स्कुल गठ्ठाघर भत्तपुरकी फाउन्डर प्रिन्सिपलको रुपमा कार्यरत छिन् । उनी उच्च माध्यमिक शिषा परिषदको कार्यकारी सदस्यसमेत रहेकी छिन् ।
अनिता विन्दु, संचारकर्मी
मास कम्युनिकेशनमा मास्टर्स गरेकी अनिता विन्दु हाल नेपाल टेलिभिजनमा रिपोर्टर, समाचार सम्पादक र प्रेजेन्टरका रुपमा कार्यरत छिन् । नेपाल पत्रकार महासंघको उपाध्यक्ष, नेपाल प्रेस युनियनको उपाध्यक्ष, महिला पत्रकारहरुको (डब्लु डब्लु जे) मा कोषाध्यक्ष तथा नेपाल टीभीको कर्मचारी संघमा कार्यकारी सदस्य समेत रहेर उनी संचार क्षेत्रमा क्रियाशील छिन् ।
रुवी राणा, मेकअप आर्टिस्ट
प्रथम मिस नेपाल १९९४ मा उत्कृष्ठ भएकी रुवी राणा फेसन एवं चलचित्र क्षेत्रमा परिचित नाम हो । १९९४ सेप्टेम्बर २५ मा फिलिपिन्समा आयोजना भएको ‘१९९४ मिस एसिया प्यासिफिक’ प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी रुवी नायिका, कोरियोग्रााफर एवं फेसन डिजाइनरको रुपमा परिचित छिन् । उनले ललितपुरको कुपण्डोलमा ‘रुवी हेयर स्किन केयरिङ ब्यूटी होम एण्ड इन्स्टिच्यूट’ संचालन गरिरहेकी छिन् । भविष्यमा चलचित्र निर्देशन गर्ने लक्ष्य राखेकी रुवी समाजसेवामा पनि क्रियाशिल छिन् ।
डा. चन्दा कार्की, स्वास्थ्यसेवी
स्वास्थ्यकर्मीको रुपमा क्रियाशील व्यत्तित्व हुन् डा. चन्दा कार्की । लामो समय स्वास्थ्य क्षेत्रमा अनुभव लिइसकेकी डा. चन्दा हाल काठमाण्डु युनिभर्सिटीको सदस्य , काठमाण्डू मेडिकल कलेजको प्रिन्सिपल, इन्टरनेशनल रिभ्यू बोर्डको सदस्य लगायत केएमसीको विभिन्न कमिटीमा सेमत सदस्यको रुपमा कार्यरत छिन् । उनले स्वास्थ्य मन्त्रालयमा समेत काम गरेर अनुभव लिइरहेकी छिन् । डा. चन्दाले प्रसुतिगृह थापाथली, भोजपुर जिल्ला अस्पताल, पश्मिाञ्चल अस्पताल पोखरा, वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरान, पाटन अस्पताल ललितपुर, शिक्षण अस्पताल महाराजगन्ज, क्षेत्रपाटी फेमिल वेलफेयर सेन्टर लगायतका विभिन्न स्वास्थ्य संस्थामा सेवा प्रदान गरिसकेकी छिन् ।
संगीना वैद्य, खेलाडी
उनी तेक्वान्दो खेलाडीका रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा परिचित छिन् । उनले एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगिताहरुबाट गोल्ड मेडल प्राप्त गरेकी छिन् । आसाम इन्टरनेशल तेक्वान्दो च्याम्पियनसीप भारत, कन्चनजंघा तेक्वान्दो च्याम्पियनसी पभारत, द यूपिएस इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप मलेसिया, १२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप अष्ट्रेलिा लगायत थुप्रै प्रतियोगिताहरुमा उनले गोल्ड मेडलको पदक प्राप्त गरेकी हुन् ।
मोमिला जोशी, साहित्यकार
नेपाली साहित्यमा सक्रिय रही काम गरिरहेकी महिला मध्ये पर्छिन् मोमिला जोशी । उनले २०५२ मा कवितासंग्रह पैँयू फुल्न थालेपछि, २०५२ मा निबन्ध तथा कविता संग्रहको रुपमा नीलो आकाश र दुई थोपा आँसु, २०५५ मा कवितासंग्रह जुनकिरीहर ओर्लिरहेछन्, २०६० मा कवितासंग्रह दुर्गम उचाइमा फुलको आँधी, २०६३ मा निबन्ध संग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान, सन् २०११ मा यही निवन्ध संग्रहको अंग्रेजी भर्सन ल्याइसकेकी छिन् । त्यस्तै सन् २०११ म अग्रेजी कविताहरुको संग्रह सेलेक्टेड पोइम्स, २०१४ मा भीमसेन थापाको सुसाइट नोट कवितासंग्रह लगायतका प्रशस्त पुस्तकहरु लेखिसकेकी छिन् । साहित्य क्षेत्रमा पु¥याएको निरन्तर योगदानका कारण उनले दर्जनौ सम्मान तथा अवार्डहरु पाइसकेकी छिन् ।
दुर्गा घिमिरे, समाजसेवी
इकोनोमिक्समा एमए गरेकी दुर्गा घिमिरे एक अग्रणी समाजसेवीको रुपमा परिचित छिन् । एग्रोफरेस्ट्री बेसिक हेल्थ एण्ड कोअपरेटिभ (एबीसी) नेपालको संस्थापक अध्यक्ष रहेकी घिमिरेले सामाजिक सेवाका माध्यमबाट राष्ट्रिय रुपमै प्रशस्तै सेवा प्रदान गरेकी छिन् । उनको संस्था एबीसीले पनि अहिले अन्तराष्ट्रियस्तरमै ख्याती कमाइसकेको छ । समाजसेवा योगदान गरेरै उनले बेस्ट सोसियल वर्कर अवार्ड, इन्टरनेशनल अवार्ड अन रिसोर्सफूल वुमन अवार्ड लगायत दर्जनौ सम्मान पाइसकेकी छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses