entertainment
»
माइतीको नेपालको खेलमा रेखा थापाले झेल गरेपछि (फोटोफिचर)
माइतीको नेपालको खेलमा रेखा थापाले झेल गरेपछि (फोटोफिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं, भदौ ५ – तीजको अवसरमा माइती नेपालले आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रमको एक खेलमा नायिका रेखा थापाले आफूले जितेको दाबी गरेर आयोजकलाई हैरान पारेपछि उनीलाई नै पुरस्कृत गरिएको छ । सो मनोरञ्जनात्मक कार्यक्रमको हाँडी फुटाउने खेलमा पुर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र रेखा थापाले हाँडी नजिकै निशाना लगाएको भन्दै पुन हाँडी फुटाउने मौका दिइएको थियो । तर, रेखा थापालाई समर्थक दर्शकहरुले आँखामा पट्टी लगाएको अवस्थामा हाँडी भएको ठाँउ हुटिङ्ग गर्दै संंकेत गरेका थिए । संकेत अनुसार रेखाले प्रयास गरेपनि उनले हाँडी फुटाउन भने सकिनन् । आफूले हाडी नफुटाए पनि संस्थाकी अध्यक्ष अनुराधा कोइरालाले ठेलेको र आफूले सही निशाना लगाउन नसकेको भन्दै आयोजकसँग झगडा गर्न थालेपछि रेखालाई नै विजयी भएको घोषणा गर्दै पुरस्कृत गरिएको थियो । मनोरञ्जनात्मक कार्यक्रममा एकाएक तनाव बढेपछि आयोजक अनुराधा कोइरालाले माइती नेपाल र आगन्तुकहरुबीच डोरी तान्ने खेल खेलाएकी थिइन् । दुई पल्टसम्म माइती नेपालले जितेको सो खेलको पुरस्कार अन्य आगन्तुकहरुलाई दिएर अनुराधाले सबैलाई खुशी बनाएकी थिइन् । - रातोपाटीवाट





भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses