......

देश र जनताको अहित हुने काम गरे मान्य नहुने भन्दै प्रधानमन्त्रीको यस्तो चेतावनी (भिडियो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
मिडिया एनपी, काठमाडौं, १६ कात्तिक । संघीय सीमांकन हेरफेर गर्नुपर्ने माग राखेर तराई मधेश ठप्प पार्दै मुलुकभरको जनजीवन कष्टकर बनाउँदै मधेशवादी दलहरुले आन्दोलन जारी राखेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले जिद्दी गरेर देश र जनताको अहित हुने काम गरे सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
नेकपा एमालेको भातृसंगठन जिफन्टको ५औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सोमबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकार वार्ताबाट असन्तुष्ट पक्षका जायज माग पूरा गर्न लचिलो भएको पनि जानकारी दिए ।
असन्तुष्ट पक्षका जायज मागलाई सुन्न र सम्बोधन गर्ने सरकार मात्रै नभएर विपक्षी दल कांग्रेसको पनि सकारात्मक भूमिका खेल्ने भन्दै उनले नेपालीले नेपालीकै लागि बनाएको संविधान कुनैपनि मित्रकाविरुद्ध नभएकाले चित्त नदुखाउन घुमाउरो पारामा भारतलाई आग्रह गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh