......

सलमान खानले गोप्य इन्गेजमेन्ट गरेपछि..
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


केही समयअघि भारत आएर सलमानलाई भेटेकी रोमानिया अभिनेत्री लुलिया वन्तुरसँग सलमानले गुपचुप इन्गेजमेण्ट गरेको स्रोतले दाबी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रोमानियामा सलमान र लुलियाको इन्गेजमेण्टको चर्चा भइरहेको छ । रोमानियाली अभिनेत्री भारत आउँदा उनको र सलमानको प्रेम रहेको चर्चा चलेको थियो । बहिनी अर्पिताको बिहेमा सलमानले आफ्ना आफन्तसँग गर्लफ्रेण्डको रुपमा चिनाएको पनि बताइएको थियो ।





सलमानले त्यतिबेलै लुलियासँग बिहे गर्ने मुड बनाएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका थिए । तर, सलमानका निकटस्थले भने त्यतिबेला हल्ला मात्र भएको दाबी गरेका थिए । रोमानियाली स्रोतका अनुसार भने सलमानले अर्को वर्ष बिहे गर्ने सम्भावना बढेको छ ।
यो चर्चा रोमानियाको एक सञ्चार अनलाइनबाट सुरु भएको हो । जुन अनलाइनमा लुलियाका केही फोटाहरु पोष्ट भएका छन् । फोटोमा लुलियाको हातमा एउटा औंठी देखिन्छ । यसैको आधारमा हल्ला चलेको बताइएको छ । त्यसो त लुलिया विवाहित हुन् । सन् २०१२ मा इटालीका मारियस मोगासँग उनले बिहे गरेकी थिइन् । तर, अहिले भने उनीहरु सँगै बस्दैनन् । उनीहरुबीच सम्बन्धबिच्छेद भए÷नभएको भन्ने बारेमा प्रमाण बाहिर आइसकेको छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh