......

शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणमा परेका सशस्त्र प्रहरीका असई थम्मनबहादुर विक'ज्यानको भिख माग्दामाग्दै मारिए'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
महोत्तरी– जलेश्वर अस्पताललाई युएनले सहयोगस्वरुप दिएको एम्बुलेन्स (निलो प्लेटको ६६–१–१२३५ नम्बर) केही समयदेखि चालकविहीन थियो। म कोष तथा लेखा नियन्त्रण कार्यालयमा काम गर्न थालेपछि अस्पतालले नयाँ चालक राखेको थिएन।


शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणमा परेका सशस्त्र प्रहरीका असई थम्मनबहादुर विकलाई थप उपचारका लागि जनकपुर लैजानुपर्ने भएपछि अस्पताल प्रशासनले मलाई एम्बुलेन्स चलाउन आग्रह गर्योद। बिरामी पुर्यािउने भनेपछि आनाकानी नगरी अस्पताल पुगेँ।

ठिक १० बजे म अस्पताल पुग्दा असई विश्वकर्मालाई एम्बुलेन्समा राखिसकिएको थियो। सशस्त्र प्रहरीको जलेश्वरस्थित जिल्ला कमान्ड कार्यालयबाट जवान राजकुमार झा उनको कुरुवा थिए। उनीहरुसँगै अस्पताल कर्मचारी सियाराम पासवान र अस्पतालनजिकै चियापसल गर्ने पप्पु साह पनि एम्बुलेन्समा बसे।

महेन्द्रचोकबाट जाँदा प्रदर्शनकारीले रोक्नसक्ने भएकाले हामी खैराचोक हुँदै परिकौलीचोक निस्कियौं। त्यहाँ पहिल्यैदेखि आन्दोलनकारीको समूह बाटो छेकेर बसेको रहेछ। एम्बुलेन्स देख्नासाथ उनीहरुले ढुंगामुढा गर्न थाले।

भिडको प्रहार छल्दै एम्बुलेन्स अगाडि बढाएँ। बाटोमा फेरि पनि अवरोध हुनसक्ने भएकाले वैकल्पिक बाटोबाट भगवानपुर पुग्ने र त्यहाँबाट जनकपुर जाने निधो गरेँ। महोत्तरी गाविस हुँदै जाने यो बाटो पहिला पनि धेरैपटक प्रयोग गरिसकेको थिएँ।

हामी परिकौलीबाट अघि बढ्नासाथ तीन मोटरसाइकलमा नौ जना आन्दोलनकारी हाम्रो पिछा गर्दै थिए। उनीहरुको पछि–पछि आन्दोलनकारीको ठूलो समूह थियो। एम्बुलेन्स तीव्र गतिमा भएकाले उनीहरुले भेट्टाउन सकेका थिएनन्। करिब ७ किलोमिटर यात्रा तय गरेर सनुखडा पुग्यौं। त्यहाँबाट डेढ किलोमिटर अगाडि बढेपछि वर्षाको पानीले कटान गरेर बनाएको कल्भर्टमा एम्बुलेन्स फस्यो। निकाल्ने प्रयास गर्दागर्दै आन्दोलनकारी आइपुगे।

हामी अत्तालियौं। एम्बुलेन्स रोकिएपछि थमनले 'मलाई जसरी भए पनि बचाइदिनुस्' भन्दै हात जोडे। 'चिन्ता नगर्नुस्, तपाईंलाई अवश्य बचाउँछौं' भन्दै मैले एम्बुलेन्स हुइँक्याउने प्रयास गरेँ तर धेरै प्रयास गर्दा पनि एम्बुलेन्स निस्किएन। त्यतिन्जेल आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गर्दै हामीमाथि कुटपिट गर्न थालिसकेका थिए।

'यी सबै पुलिसका घुमुवा हुन्, सबैलाई मार' भन्दै बाँसको भाटाले पिट्न थाले। कसो–कसो म बाहिर निस्किएँ। अरू पनि बाहिर आइसकेका थिए। आन्दोलनकारी थम्मनलाई थुतेर बाहिर निकाल्दै थिए, त्यही बेला हामी उम्किएर भाग्न थाल्यौं। थम्मनलाई बाहिर निकालेपछि उनीहरुले एम्बुलेन्समा आगो लगाइदिए।

घटनास्थलबाट केही पर धान खेतमा पुगेपछि म लडेँ। डेढ घन्टासम्म त्यहीँ सुतिरहेँ।

पहिलेकै कुटाइबाट गम्भीर घाइते थमन पनि ज्यान जोगाउन ५ सय मिटरसम्म भाग्न भ्याएछन्। भाग्दाभाग्दै पानीले भरिभराउ धानखेतमा खसे।

आन्दोलनकारीले त्यहीँ आएर कुटपिट गर्न थालेपछि उनी 'मलाई नमार' भन्दै पटक–पटक बिन्ती गरिरहेका थिए। तर, तिनले जथाभावी बाँसको भाटा, फ्यान्टा र बियरको बोतलले हानिरहे। ज्यानको भिख माग्दामाग्दै थम्मनको मृत्यु भयो।

थम्मनको हत्या गरेर आन्दोलनकारी फर्केको केही बेरपछि म खेतबाट उठेर डाम्हीमडै गाविस पुगेँ। चियापसले पप्पु पनि त्यहीँ थिए।

त्यहाँ पनि गाउँलेले कुटपिट गर्न खोजे तर मैले एम्बुलेन्स चालक हुँ भनेँ। पप्पुको चिनजानका मान्छे पनि त्यहाँ रहेछन्, धन्य, हाम्रो ज्यान जोगियो।

त्यहाँबाट हामी मोटरसाइकलमा 'लिफ्ट' मागेर साँझ जलेश्वर पुग्यौं।

(चालक मिश्रसँगको महेशकुमार दासले गरेको कुराकानीमा आधारित)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh