......

विवाह भएको ४ वर्ष भइसक्दा पनि यौन सम्पर्क हुन सकेको छैन किन ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
यो समस्यालाई ‘भेजाइनामस’ अथवा ‘फिमेल फ्रिजिडिटी’ भनिन्छ । यो एक प्रकारको मनोवैज्ञानिक समस्या हो ।

यस्तो समस्यामा पाक्क्रिडामा महिला पुरुष दुवै सहभागि हुने र चरमोत्कर्षमा पुगे पनि योनि भित्र लिंक प्रवेश गराउने बेलामा महिलाले दुवै तिघ्राले योनीलाई यसरी च्याप्छन कि कसैगरी पनि फट्याउन सकिदैन । यसो हुँदा यौन सम्पर्क हुनै सक्दैन ।

महिलाहरु बाल्यकाल तथा हुर्कने अवस्थामा सेक्ससम्बन्धी गलत धारणा तथा नकारात्मक कुरा मात्र सुनेका छन् वा भोगेका छन् भने पछि यस्तो खालको समस्या देखिन सक्छ ।

यौन प्रति भित्रैदेखि घृणा र गलत धारणा राख्नेहरुलाई पनि यस्तो समस्या देखिने हुन्छ ।

सहवास  घुणित तथा पाप काम हो, पहिलोपटक सहवास गर्दा अत्याधिक पीडा हुन्छ, योनीबाट रगत बग्छ भन्ने जस्ता गलत धारणा बनाउनेहरु यो समस्याबाट पीडित हुने गरेको पाइएको छ ।

यौन शिक्षाको कमी तथा यौनका बारेमा कुनै गर्न लजाउने तथा आफ्ना उमेर समूहका साथीसँग पनि यौन विषयमा फिटिक्कै गफ नगरेकाहरुमा यस्तो समस्या देखिने विभिन्न अध्ययनले देखाएका छन् ।

यस्ता समस्या लिएर पढेलेखेका तथा शहरबजारमा हुर्केकाहरु पनि उपचारका लागि आउने गरेका छन् । यो एक किसिमको अनुचित चिन्ताले गर्दा हुन्छ । कहिलेकाहीँ अप्रिय अनुभवजस्तो कि बलात्कार वा बलात्कार प्रयासमा परेकाहरुलाई पनि यस्तो समस्या देखिन सक्छ ।

यसको उपचार मनोपराशर्मबाट सम्भव छ । यस्तो समस्या हुनेले एक पटक आफूलाई पायक पर्ने अस्पतालमा गएर मनोचिकित्कसँग परामर्श गर्ने हो भने यसको उपचार
प्रक्रियाको बारेमा जानकारी लिन सकिन्छ ।

गलत धारणा हटाउन मनोपरामर्शसँगै चिन्ता हटाउने औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

यस्तो समस्या भएकाहरु पाकक्रिडाका क्रममा चरमोत्कर्षमा पुगेपनि योनी भित्र लिंक प्रवेश गराउन चाँही कसैगरी नदिने भएकाले सन्तान प्राप्तिमा पनि समस्या हुन्छ ।

त्यसैले यस्ता समस्या हुनेले सकेसम्म छिटो मनोचिकित्सकसँग भेटेर उपचार गराउनुपर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh