......

गायिकाको नृत्यदेखि कलाकारको हासिमजाकसम्म तीज गीत अवार्डको रौनक (फोटो भिडियो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
मिडिया एनपी, काठमाडौं, २५ भदौ । यो वर्षको उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड गायिका टिका पुनको पोल्टामा परेको छ । छायाँ छवि क्रियशनमा गरेको तीज गीत म्यूजिक अवार्डको दोस्रो संस्करणमा गायक तर्फ भने सेल्फी सेल्फीका गायक वसन्त थापा उत्कृष्ट गायक दरिए । शिव हमालको दिदी माइत बोलको गीतले उत्कृष्ट तीज दोहोरी भाकाको अवार्ड उचाल्दा हरि खत्रीको घुम्दै आयो बोलको गीतले उत्कृष्ट शब्दको अवार्ड हात पारेको छ । ब्रत बसेको गीतका लागि यस वर्षको उत्कृष्ट तीज गीत एरेन्जरको अवार्ड झलक संगीतमले प्राप्त गरेका छन् । प्रकाश भट्टले उत्कृष्ट तीज गीत म्यूजिक भिडियो निर्देशकको अवार्ड हात पार्दा शंकर वि.सी.ले उत्कृष्ट कोरियोग्राफरको अवार्ड प्राप्त गरेका छन् ।
पत्रकार डब्बु क्षेत्रीले माइती घरमा बोलको गीतका लागि उत्कृष्ट संन्देशमुलक तीज गीतको अवार्ड प्राप्त गर्दा नव गायिकाको अवार्ड यसपालीको तीज गीतका लागि कल्पना कुशुमलाई प्रदान गरिएको छ । यता तीज राम्रो रमझमले गीतबाट जीवन सेन्चुरीले उत्कृष्ट गीत सम्पादनको अवार्ड प्राप्त गर्दा रातो सारी गीतबाट ज्ञानेन्द् शर्माले उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेका छन् । यो वर्षको तीज गीतमा कम्मर मर्काएका कलाकार मध्ये विजय थापा र रश्मी तामाङले उत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड प्राप्त गरेका छन् ।
यस्तै गोरखा चौतारी म्यूजिक प्रालिले बजारमा ल्याएको दिदी माइत बोलको गीत यो वर्षको उत्कृष्ट तीज गीतको अवार्ड प्राप्त गर्न सफल भएको छ । यता उत्कृष्ट तीज गीतको अवार्ड तीजको दरखाने बेला बोलको गीतका लागि हरि विष्टले प्राप्त गर्दा तिज गीत भाका तर्फ म त नाच्ने हो छमछम बोलको गीतबाट दिनेश लामाले प्राप्त गरेका छन् । गायिका सुनिता दुलालले उत्कृष्ट तीज गीत गायिकाको अवार्ड प्राप्त गरेकी छन् । शिव दर्शनले बजारमा ल्याएको माइतकिो झलको गीतका लागि यो वर्षको उत्कृष्ट तीज गीतको अवार्ड प्रदान गरिएको छ ।
शुक्रबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी छायाँ छवि क्रियशनले सबै कलाकारलाई अवार्ड वितरण गरेको हो । पछिल्लो समय नेपाली तीज गीत संगीतमा आएको विकृतीका बारेमा अवार्ड वितरण गर्न स्टेज चढेका अतिथी कलाकारले दुखेसो व्यक्त गरेका थिए । तिजको मौलीकता जोगाउने तथा तीज गीत गायनमा लागेका स्रष्टा सर्जकलाई प्रोत्साहनका लागि आयोजना गरिएको छायाँ घवि क्रियशनको तिज गीत अवार्डमा दीपकराज गिरी, दीपाश्री निरौलादेखि मोहन निरौलासम्मले आफ्ना फिल्मको प्रचार गर्न भ्याएका छन् । दीपक र माग्ने बुढाले त दीपालाई सुर्के थैलीमा बोक्ने प्रयत्न समेत गरेका थिए । कार्यक्रममा गायिका शर्मिला श्रेष्ठ, टिका पुन लगायतका कलाकारले गीत गाएका थिए । गीत गाउँन स्टेज उक्लेकी गायिका श्रेष्ठले गायनभन्दा धेरै नृत्य प्रस्तुत गरेकी थिइन ।
सो कार्यक्रममा पबिलक अवार्ड गायिका साहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेले प्राप्त गरेका छन् । प्रोत्साहन अवार्ड सुनिता गुरुङ्लाई प्रदान गर्दा पपुलर अवार्ड भने सेल्फी सेल्फी गीतले प्राप्त गरेको छ ।









भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh