क्यानडामा सवारी दुर्घटनामा परी अधिकारीको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
आफ्ना जेठ छोरालाइ थनडर वे स्थित कलेजमा पुरयाउन पत्नी सहित हिडेका अधिकारी बीच बाटोमै दुर्घटनामा परेका हुन्। सो दुर्घटनामा परी अधिकारीका श्रीमती र छोरा गम्भीर घाइते भएका छन् भने अर्का गाडीका चालक र यात्रु पनि सख्त घाइते भएका छन्। घाइते मध्ये श्रीमती अधिकारीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइते सबै जनाको उपचार थनडर वे मा भैरहेको छ।
दुइ छोराका पिता अधिकारी हालै मात्र मिसिसागा सिटीबाट बसाईं सरी केनोरा गएका हुन्। अधिकारीको निधनले क्यानडाका नेपाली स्तब्ध भएका छन्।
मिजासिला स्वभाब र समुदायका हरेक उमेर समूहमा सहजै घुलमिल हुनसक्ने अधिकारीको निधनले ब्राम्पटन, मिसिसागाका नेपाली समुदाय निकै भाव विह्वल भएका छन्। यसैबीच अधिकारीको निधन प्रति शोक बक्तब्य जारी गर्दै गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटाले गहिरो दु:ख व्यक्त गरेका छन्।
‘यस दुखद घटनाप्रति धैर्य धारण गर्न उहाँको शोक सन्तप्त परिवार सदस्यहरुमा एनआरएन क्यानाडा समबेदना ब्यक्त गर्दछ’, अध्यक्ष सापकोटाले भनेका छन्- ‘उहाँको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं।’ यस दुखद घडिमा रितिरिवाज सम्पन्न गर्न तथा क्रिटिकल अवस्थामा रहनुभएकी रुपा अधिकारी र उहाँको दुइ छोराहरुलाइ सहयोग गर्न स्थानिय नेपाली समुदाय र सम्भव सबैलाइ गैरआवासीय नेपाली संघ क्यानडाले अपिल गरेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses