......

श्वेतालाई फेरि अर्को चोट, श्रीमानको वियोग नभूल्दै आमाको वियोग थपियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
 अभिनेत्री श्वेता खड्गालाई फेरि अर्को चोट थपिएको छ। उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुग्दै गर्दा उनकी सासु आमाको पनि निधन भएको छ। ८८ वर्षिय उनकी सासु जगत कुमारी श्रेष्ठको बुधवार निधन भएको हो। छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावहिलको ओम अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतामा निधन भएको स्रोतले बताएको छ। यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्‍याइएको छ। अहिले आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा अभिनेत्री स्वेता खड्कासँगै जगत कुमारीका छोराहरू तथा आफन्तहरू र केहि फिल्मकर्मी मलामीको रूपमा उपस्थिती छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh