बिदेशिएका लाहुरेलाई पत्नीले यसरी पर्यो जिल्लाराम!!!पुरा पढ्नुस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्। पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए।पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्। धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses