......

नाईजेरियाली युवाले नेपालमा इवोला ल्याएको भन्दै तनाव .......
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं,८ भदौ । 
इवोला अहिले विश्वकै खतरा  भाईरस , भारतसम्म पनि आईसकेको समाचार  वाहिर आयो , नेपाल कति शुरक्षित रहन सक्छ , सवैको प्रश्न छ । 
विश्वमै आतंक मच्चाइरहेको इबोला भाइरस नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाइरहेको दाबी गर्ने नेपाल सरकारले त्यसका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा इबोला हेल्थ डेस्कको स्थापना गरी नेपाल भित्रिने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
तर यतिमै तपाई ढुक्क भएर बस्नुभयो भने गलत हुनेछ । हेल्थ डेस्क स्थापना गर्नु मात्रै ठूलो कुरा होइन । विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्क कतिसम्म लाचार छ भन्ने कुरा शुक्रवारको एक घट्नाले छर्लङ्ग पारेको छ ।
नाइजेरियाबाट आएका एक नाइजर युवाको स्वास्थ्य परीक्षण गर्दा थर्मल इमाजिङ क्यामराले ती युवामा उच्च तापक्रम रहेको देखायो । पछि तापक्रम मापन गर्ने गनले पनि उक्त आशंकालाई पुष्टि गर्यो ।
त्यसपछि इबोलाको संक्रमणको आशंका बढेपछि हेल्थ डेस्कमा खटाइएका कर्मचारीहरु आफैं अल्मलमा परे कि अब ती युवालाई के गर्ने ? भनेर । किनकि त्यहाँ विरामीलाई सुताउँन छुट्टै कोठाको त के कुरा एउटा ओछ्यानको समेत व्यवस्था गरिएको थिएन । आवश्यक स्रोत साधानको व्यवस्था विना नै स्थापित नाम मात्रको हेल्थ डेस्कका कर्मचारीहरुले ती युवालाई टेकुस्थित शुक्रराज ट्रोपिकल अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउँन प्रहरीलाई अनुरोध गरे । तर प्रहरीले पनि त्यो आफ्नो दायित्वभित्र नहरने भन्दै ठाडै अस्वीकार गर्यो ।
संक्रमणको आशंका देखिएपछि आत्तिएका ती युवा विमानस्थलका स्वास्थ्य डेस्कका कर्मचारीर र प्रहरीको हर्कतले अझ त्रस्त बने । त्यसैले उनी त्यही रुन थाले । त्यसपछि बल्ल अस्पतालबाट एम्बुलेन्स मगाएर उनलाई अस्पताल पुर्याइयो ।
अस्पताल पुगेपछिको अवस्था अझ उल्लेखनीय छ । एम्बुलेन्सबाट अस्पताल पुर्याइएका ती युवाको स्वास्थ्य परीक्षण गर्न शुक्रराज अस्पतालका चिकित्सकहरुले कुनै तत्परता नै देखाएनन् । त्यसको कारण ती चिकित्सकहरुमा इबोलाबारे पर्याप्त ज्ञान नहुनु र संक्रमणको डर थिए । किन भने कुनै पनि चिकित्सक संक्रमणको खतरा मोल्न तयार थिएनन् । इपिमियोलोजी शाखा पनि रमिते मात्र बनिरह्यो ।
तर समस्याको साधान भने नसोचिएको कोणबाट निस्कियो । अर्थात ती युवामा देखिएको उच्च तापक्रम विस्तारै आफैं घट्दै गयो ।
पछि सुरक्षा अधिकारीहरुले ती युवाको बारेमा छानविन गर्दा उनी अवैध रुपमा नेपाल प्रवेश गरेको पुष्टि भयो । उनलाई फुटवल खेल्न स्थानीय क्लबले बोलाएको रहस्य पनि खुल्यो । त्यसपछि ती नाइजेरियाली युवालाई एक रात प्रहरी हिरासतमै राखेर शनिवार विहान उनी आएकै विमानमा राखेर प्रहरीले फिर्ता पठायो ।योसँगै एउटा नाटकको त अन्त भएको छ । तर इबोला नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको र कडा स्वास्थ्य परीक्षण डेस्क सञ्चालनमा ल्याएको सरकारको दाबी र विश्वसनीयतामाथि नै थुप्रै प्रश्नहरु जन्माइदिएको छ ।
सहयात्री...

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh