नायिका रेखा र निर्देशक भट्टराईबीच झगडा नगर्ने सहमति सहितको प्रेस विज्ञप्ती -- हेरौ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
राजेन्द्र कार्की,
काठमाडौं, भदौ ७ – फिल्मी दुनियामा पछिल्लो समय नायिका रेखा थापा र निर्देशक श्याम भट्टराईविचको भनाभनले ठुलै रूप लियो । चलचित्र हिम्मतवाली निर्माणको क्रममा केही समयअघि नायिका रेखा थापा आक्रोशित हुँदै हिम्मतवालीका निर्देशक श्याम भट्टराईविरुद्ध गालिगलोचमा समेत उत्रेकी थिइन । त्यतिमात्र नभएर निर्देशक भट्टराईलाई चलचित्र हिम्मतवालीबाट लात हानेर निकालेको अभिब्यक्ति नै दिएकी थिइन् । रेखा र भट्टराई बीच आरोप प्रत्यारोप नै चल्यो । अन्तत संयुक्त प्रेस विज्ञप्ती नै निस्कियो ।

अहिले आएर यी दुबै बीच अब उप्रान्त कुनै विवाद सृजना नर्गनुका साथै एक अर्काप्रति गालिगलोजमा नउत्रने सहमती भएको छ । यस्तो सहमतीको अवसर भने नेपाल चलचित्र निर्देशक समाज तथा निर्माता संघले जुराइ दिएका छन् ।
नायिका रेखाद्धारा निर्माणाधिन चलचित्र हिम्मतवालीको छायाँकन कार्यस्थल धनगढीमा यी दुबै बिच मनमुटाव बढेपछि निर्देशक भट्टराई काठमाडौं फर्किएका थिए । त्यस पछि यी दुबै बीच आक्रामक शैलीमा गालिगलौचमा समेत उत्रीएका थिए । तथापी निर्देशक भट्टराईले सार्वजनिक गरिएको संयुक्त प्रेश बिज्ञप्तिमा दुबै झगडिया बिच गरिएको हस्ताक्षर भएतापनि झगडाको कारण भने खुलाइएको छैन ।
यो सम्झौताले हाल चलचित्र लंका–२ को निर्देशनको तयारीमा रहेका निर्देशक भट्टराई र नायिका रेखाद्वारा निर्माण र स्वयंद्वारा निर्देशन गरेको चलचित्र हिम्मतवालीको प्रचारप्रसारका लागि भने धेरै सजिलो भएको अनुमान गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses