परपुरुषसँग लसपस गरेर श्रीमानलाई धोका दिएका महिलाहरू वेपत्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
इटहरी, भदौ ५–
सुनसरी जिल्लाको इटहरीमा एक महिनाभित्र १५ जना महिला बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताए । बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताए । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।
विशेषगरी श्रीमान वैदेशिक रोजगारमा गएका बेला परपुरुषसँग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक सचेतना अभियानको खाँचो रहेको बताएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses