एसएसबीले नेपाली भूमिमा गोली चलायो, दुई सूरक्षाकर्मीसहित एक दर्जन भन्दा बढी घाईते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेपछि भएको झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको बताइएको छ ।
करीब आधा घण्टासम्म चलेको दोहोरो झपडमा परी दुई सूरक्षाकर्मीसहित एक दर्जन भन्दा बढी भारतीय नागरिक घाईते भएका छन्। घाईतेहरुको उपचार स्थानीय स्तरमा भइरहेको छ। भारतमा गोली चलेको देखेर नेपाल प्रहरीले महोत्तरीको सम्सी नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ भने भारतीय तर्फबाट कुनै पनि नागरिकलाई नेपाल आगमनमा अहिले रोक लगाएको छ ।
यद्यपी नाका कडा पारिएको बताइए पनि एसएसबी विरुद्ध नेपाली मुस्लिमहरुले नाराबाजी गरेपछि एसएसबी नेपाल तर्फको दश गजा क्षेत्रमा रहेर प्रदर्शनकारी माथि गोली प्रहार गरेको जनाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses