आजदेखि भूत मेला सुरु , हेरौ के हो भूतमेला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ । महोत्तरीको सोनामाइ मन्दिरमा प्रत्यक वर्ष एउटा अनौठो मेला लाग्छ, भुतमेला । सोनामाई गाविस–४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै वडा दशैको सष्ठीदेखी दशमीसम्म भुतमेलाको रूपमा प्रख्यात रहेको छ ।
मन्सोदिरका पुजारी भन्छन् ''यो मेला निकै चर्चित भएकाले हजारौ भक्तजनहरूको भिड लाग्ने गर्छ । भूत मेलामा हजारौ पीडित र दर्शनार्थी आउने गर्छन् । ''
मेलामा सहभागीहरू कुनै अदृश्य शक्ति जिउमा पसेको अनुभव गरेर डर लाग्दो तरिकाले काप्छन् ।
यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत भारतका पटनातिरवाट समेत यो मेलामा आउने गर्छन् । भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।
यस अवधिमा सोनामाई शक्तिपीठमा ठूलो सङ्ख्यामा धामीझाँक्रीहरु रातदिन भजन कृर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने वोक्सीहरू टाढैवाट भाग्ने र मन्दिरमा नआउने गर्छन् भन्ने त्यहाका वासिन्दाहरू वताउछन् ।
भुत मेला परापुर्वदेखी चलि आएको मेला भएकाले स्थानियहरू सो मेला धुमधाम मनाउने गर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses