इजरायलले गाजापट्टीमा गरेको व्यापक हवाई आक्रमणमा हमासका ३ वरिष्ठ कमाण्डर मारिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
इजरायलले गरेको हवाई आक्रमणमा प्यालेष्टाइनको लडाकु समूह हमासका तीन वरिष्ठ नेता मारिएका छन् । हमासका अनुसार मारिनेहरुमा मोहम्मल अबु शमाला, मोहम्मद बारहुम र रईस उल अत्तार रहेका छन् ।
मंगलबारको इजरायली आक्रमणमा हमासका शीर्ष कमान्डर मोहम्मद दीफकी पत्नी र छोरा मारिएका थिए । इजरायल र हमासबीच करिव ६ साताअघिदेखि सुरु भएको संघर्षमा २१ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
उक्त आक्रमणमा परी अरु ६ सर्वसाधरण पनि मारिएको बताइएको छ । यो आक्रमणअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतात्याहुले गाजाका हमास लडाकुविरुद्ध कारबाही जारी राख्ने बताएका थिए ।
इजरायल र हमासबीच पछिल्लो युद्धविराम सकिनु अगावै आक्रमण सुरु भएको थियो । वुधवार मात्र इजरायलले ९२ पटक हवाई आक्रमण गरेको थियो भने हमासले १ सय ३७ वटा भन्दा वढि रकेट प्रहार गरेको बताइएको छ ।
विहिवार पनि इजरायलका दक्षिणी क्षेत्रहरु लगायत मोदिइन, वैस्टवैंक लगायतका क्षेत्रहरुमा कोड रेड साइरन बजेका छन् ।
नेपाल इजरायल डट नेटवाट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses